News देश राजनीति

घर फर्कने क्रममा डा.केसीले भने‘सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रन्छु’

घर फर्कने क्रममा डा.केसीले भने‘सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रन्छु’

काठमाडाैं । डा. गोविन्द केसी अस्पतालबाट घर फर्किएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा उपचारपछि स्वास्थ्यमा सुधार आइसकेपछि केसी डिस्चार्ज भएका हुन् ।

 

घर फर्किने क्रममा उनले पत्रकार सम्मेलन गर्दै सरकारसँग भएको सहमति कार्यान्वय नभएमा कडा आन्दोलनमा उत्रने चेतावनी दिने बताए । सरकारसँग भएको सहमति सबै कार्यान्वन गर्न अनुरोध गर्दै सरकारेल गम्भीर भएर कार्यान्वयन तर्प लाग्नुपर्नेपनि दाबी गरे । केसी १५ औं पटक २७ दिनसम्मको लामा अनसान बसेका थिए । श्रावण १० गते सरकारसँग ९ वटा बुँदामा सहमति भएपश्चात उनले अनसन तोडेका थिए । 

 

केसीले सरकारले गरेको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन हुनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने तथा जाँचबुझ आयोगले दोषी ठहर गरेका पदाधिकारीहरुलाई कारबाही गर्ने लगायतका सहमति तत्काल कार्यान्वयनमा लैजान  सरकारको ध्यानाकर्षण पनि गराए ।

 

सरकारले आफूहरूसँगको सम्झौता कार्यान्वयन गर्ने आशा रहेको विश्वास समेत पत्रकार सम्मेलन मार्फत व्यक्त गरे । 
 

डा. गोविन्द केसी

विशेष