पारस र सुनिताको सेप्माङ अर्थात् सपना
काठमाडाैं । राजधानीमा एक विषेश कार्यक्रमका बीच ‘सेप्माङ’ सार्वजनिक भएको छ । संगीतकार पारस मुकारुङको एकल संगीत तथा गायिका सुनिता थेगिमको एकल स्वर रहेको एल्बम ‘सेप्माङ’ वरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सुरुवात गायिका सुनिता थेसगिमले ‘जून जस्तै’, ‘बताससँगै’ र ‘सेवारो गीतबाट गरेकी थिइन् । एल्बममा समावेश दुई गीतको भिडियो पनि देखाइएको थियो ।
कार्यक्रममा गायिका कुन्ति मोक्तानले सुनिता थेगिमले आफ्नो गीत सुन्दै आए पनि अब आफूले सुनिताको गीत सुन्ने बताइन् । कार्यक्रममा बोल्दै गायक राजेश पायल राईले भने, ‘संगीतकार पारस मुकारुङ एकदम चुजी छन्, जस्तोतस्तो गीतमा संगीत भर्दैनन् र गुणस्तरीय संगीत गरिरहेका छन् । साथै बरिष्ठ संगीतकार बुलु मुकारुङले खास नेपाली संगीतलाई टिपेर गीतमा उतारेकाले संगीतकार पारस मुकारुङलाई बधाई दिए । साथै अतिथी दिनेश डिसीले पनि सकेको सहयोग गर्ने बताउँदै संगीतकार तथा गायिकालाई बधाई दिएका थिए ।
गीतको शब्द कविहरु स्वप्निल स्मृति, हाङयुग अग्यात, दुतेन्द्र चाम्लिङ, प्रकाश थाम्सुहाङ र कविता राईले लेखेका हुन् । कार्यक्रमका प्रमुख अतिथी दीप श्रेष्ठले गीत संगीतमा धैर्यता हुन जरुरी रहेको बताउँदै धैर्य रहेर काम गर्न सल्लाह दिँदै आउने दिनका लगि सुनितालाई बधाइ दिए । कार्यक्रममासंगीतकार महेश खड्का, गायक एस कुमार, अशोक मुकारुङ लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रमको अन्तिममा बोल्दै संगीतकार पारस मुकारुङले भने, ‘संगीत मानव सभ्यतासँगै जोडिएर आउने भएकाले यसको महत्व छुट्टै रहेको छ । संगीतलाई केही हदसम्म बुझेकै कारण म बजारको पछाडि नहिँडेको हुँ ।’
‘सेप्माङ