कालीगण्डकी नदीमा आएको बाढीले पुल बगायो

मुस्ताङ । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ ।
बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अनुसार दुई वर्षअघि सांंसद विकास कोषको १३ लाख लगानी तथा जनश्रमदान जुटाएर पुल निर्माण गरिएको हो ।पुल बगाएपछि तिरीका १५ परिवार समस्यामा परेका छन् ।
पुल बनेपछि यहाँका बासिन्दालाई चौपाया चराउन तथा पर्यटकलाई पदमार्ग हुँदै उपल्लो मुस्ताङ आवतजावत गर्न सहज भएको थियो । पुल बगाएपछि स्थानीयवासी र पर्यटक प्रवाभित भएका छन् ।
कालीगण्डकी नदी कागबेनी–तिरी जोड्ने पुल