News देश राजनीति

माइतीघरमा प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

माइतीघरमा प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले भइरहेका घटनाहरूमा सरकार गम्भीर नबनेको भन्दै विरोधस्वरुप र्‍याली गरेको हो ।

 

देशमा शान्ती सुरक्षा कायम गर्न नसक्नु, दिनानुदिन आपराधिक कृयाकलापमा वृद्धि हुनु र यसप्रति सरकारले ठोस कदम चाल्न नसक्नुका कारण आन्दोलनमा उत्रनुपरेको प्रदर्शनकारिको भनाई  छ । पछिल्लो समय देशमा हत्या, हिंसा, बलत्कारजस्ता जघन्य अपराध बढिरहेको छ । बलत्कारी तथा हत्यारालाई सरकारले कडा कारबाही नगरेको र यसप्रति चाँसो कम देखाएको भन्दै चर्को नाराबजी सहति प्रदर्शनकारीले सरकारलाई गम्भीर ध्यानाकर्षण पनि गराएका छन् ।

 

बबरमहलबाट सुरु भएको विरोध र्‍याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । 

प्रदर्शन गृहमन्त्री रामबहादुर थापा ‘बादल’

विशेष