भदौ ७ देखि १० गतेसम्म तीज व्यापार मेला
काठमाडौं । व्यापार मेला आगामी भदौ ७ देखि १० गतेसम्म स्थानीय भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । तीजको अवसर पारी बहृत् तीज व्यापार मेला लाग्न लागेको हो । महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले सो मेलाको आयोजना गरिएको हो ।
महिला सिर्जनशील केन्द्रद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी अध्यक्ष मिरु थापाले महिला सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्न मेलाको अयोजना गरिएको बताइन ।
मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्रीसहितका करीब २०० बिक्री तथा प्रदर्शनी कक्ष रहने बताइएको छ । करीब एक लाख व्यक्तिले मेला अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
मेलामा अवलोकनकर्ताका लागि निःशुल्क स्वास्थ्य शिविर, फोटो खिचाउने, मेहेन्दी लगाउने र कपाल कटाइको सुविधा रहेको केन्द्रकी अध्यक्ष थापाले बताए । मेलाबाट प्राप्त आम्दानीको ५० प्रतिशत सामाजिक संघसंस्थालाई प्रदान गरिने बताइएको छ । विसं २०५४ मा स्थापना भएको उक्त संस्थाले महिलालाई विभिन्न सीपमूलक तालीम दिई उद्यमशीलता विकासमा टेवा पु¥याउँदै आएको छ ।