विवाहको लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने

काठमाडौं । विवाहको लागि अबदेखि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने भएको छ । मुलुकी ऐनको देवानी र अपराध संहितामा विवाहसम्बन्धी प्रावधान बाझिएपछि सरकारले एकरूपता कायम गर्न संशोधन प्रस्ताव ल्याएको हो । संशोधनअनुसार अब विवाह गर्न पाउने न्यूनतम उमेर २० वर्ष हुनेछ ।
अहिलेसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको छ । तर यो संवैधानिक र लैंगिक समानताका आधारमा ठीक र बराबरी नभएकाले केटाकेटी दुवैको विवाह गर्न अब २० वर्ष उमेर पुग्नैपर्ने व्यवसथा गर्न लागिएको कानून मन्त्रालयले जनाएको छ ।
सरकारले वि.सं. १९१० सालमा बनेको मुलुकी ऐन विस्थापित गरी भदौ १ गतेदेखि मुलुकी देवानी (संहिता), २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ लागू गर्ने तयारी गरेको छ ।
विवाह मुलुकी ऐनको देवानी अपराध संहिता