News प्रदेश १

प्रदेश १ मा विदाको घोषणा

प्रदेश १ मा विदाको घोषणा

काठमाडाैं । प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो ।

 

मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखित बिदा दिने निर्णय भई सोको सूचना नेपाल राजपत्र खण्ड ९१० विराटनगर, नेपाल, चैत २९ गते २०७४ ९पूर्व अतिरिक्ताङ्क १९अ० मा प्रकाशन भएको समेत जानकारी दिएको छ ।

 

 सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौ १० गते जनैपूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन ९मोरङ र सुनसरी मात्र० र कात्तिक २७ गते छठ पर्वमा सार्वजनिक बिदा दिने जानकारी गराइएको छ । 

प्रदेश नं १

विशेष