News

प्रधानाध्यापक मृत अवस्थामा फेला

प्रधानाध्यापक मृत अवस्थामा फेला

काठमाडाैं । पर्वतको कुश्मा नगरपालिकामा एक प्रधानाध्यापक मृत अवस्थामा फेला परेका छन् । पर्वतकै मोदी गाउँपालिका–६ दोबिल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल अलपेश्वर गुफाभित्र मृत भेटिएका हुन् ।

 

कुस्मा नगरपालिका वडा नं ९ स्थित अलपेश्वर गुफाको सबैभन्दा तल्लो भागमा आज दिउँसो छ दिनपछि प्रअ पौडेल मृत भेटिएका जनाइएको छ । बिहान पूजापाठ गर्न भनी मन्दिर गएका पौडेल साउन १८ गते शुक्रबार बिहानदेखि बेपत्ता भएका थिए । अलपेश्वर गुफाभित्र उनले कम्मरमा बाँध्दै आएको पटुकी भेटिएपछि आफन्त र प्रहरीले खोजी गर्ने क्रममा गुफाको सबैभन्दा तल्लो भागमा ढुंगामा अड्किएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

 

मृतक पौडेलको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको छ । करीब ३८ वर्ष शिक्षण गरेका पौडेल १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । उनी बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गर्दै आएका थिए । मृतक पौडेलले अन्तिम पत्र भनेर घरमा लेखेर छाडेको पत्रमा छोराछोरीलाई राम्रोसँग पढाउन नसकेको तथा जीवनमा केही गर्न नसकेको लेखेका थिए ।

 

बेपत्ता शिक्षक पौडेलका एक छोरा र एक छोरी छन् । छोरा वैदेशिक रोजगारका शिलशिलामा दुबइमा रहँदै आएका छन् भने छोरीको विवाह भइसकेको छ ।

प्रधानाध्यापक मृत कुश्मा नगरपालिकामा

विशेष