News

ओली सरकार असफल बनाउन विप्लव र सिके राउत उचालेर दसैंताक देशलाई रणभूमि बनाउने तयारी 

विप्लवका १८ सयले अछाममा सैन्य तालिम लिए 

ओली सरकार असफल बनाउन विप्लव र सिके राउत उचालेर दसैंताक देशलाई रणभूमि बनाउने तयारी 

काठमाडौं । एकपछि अर्को गर्दै ओली सरकारलाई अफ्ठेरोमा पार्ने विभिन्न तत्व सक्रिय छन् । कतियपय घटना दृश्यमै प्रकट भएका पनि छन् । यसैबीच, विप्लव नेतृत्वको  नेकपा र सिके राउतलाई तेस्र्याइने आशंका बढेको छ । सरकारलाई असफल पार्ने हो भने त्यसका विभिन्न श्रृंखला र अध्याय हुन्छन् । कुनबेला के अस्त्र प्रयोग गर्ने भन्ने रणनीति कुनै बन्द कोठमा  तयार भइरहेको छैन भन्न सकिन्न । 

 

अहिलेको सरकारले पूर्ववर्ती सरकारहरूले खोक्रो बनाएका जर्जर आर्थिक दुरावस्था संहाल्नुपरेको छ । प्रोत्साहन भत्ता काटिएका कारण असुलीमा जोखिम मोल्न तयार छैनन्, काममा उत्साहित पनि देखिन्नन् । यसैबीच, विप्लवलाई बिच्काएर, उनका मान्छेहरू बढीभजन्दा बढी समातेर वा घेराबन्दीमा पारेर दशैंको छेका केही प्रहरी चौकी र शसस्त्रको ब्यारेक हान्न लगाउने, अशान्ति मच्चाउने, हाईप्रोफाइलका केही उद्योगी–व्यवसायीलाई  आक्रमण गर्ने र नेपालमा भयावह स्थिति सिर्जना भयो भन्ने बनाएर राजश्वको राम्रो स्रोतरुपी बाह्य र आन्तरिक पर्यटनमा मन्दी ल्याउनेजस्ता काम नहोला भन्ने अवस्था छैन । 

 

नेकपा नेता भीम रावलको शब्दमा भन्ने हो भने अछामको रामारोशन क्षेत्रमा पहिला जसरी माओवादीले तालिम दिन्थे, त्यही शैलीमा भर्खरै विप्लव समुहका १८ सय कार्यकर्तालाई तालिम दिइएको छ । तर त्यसो गर्दापनि सरकारको जासुसी संयन्त्रले पत्तो नपाएको स्थिति छ । यसैबीच सरकारको लोकप्रियताको स्तर पनि उस्तै छ । भनिएका कामहरू थाल्न सकिएको छैन । विभिन्न जालमा पारेर सरकारलाई अलोकप्रिय निर्णय गराउन बाध्य पारिएको छ । यस्तो बेलामा मीनबहादुर गुरुङजस्ता कुनै व्यापारीलाई आक्रमण गर्दै राज्यको कर  नतिर्ने भ्रष्टचारी, व्यापारीलाई हानेको नाममा विप्लव नेकपाले जनताको सहानुभूति नबटुल्ला भन्न सकिन्नँ ।

 

 त्यसो गर्दा व्यापारीहरू विप्लवतिर च्यानल बनाउन लाग्ने, उनैलाई चन्दा दिनेजस्ता काममा लागे भने के हुन्छ ? यस्ता गम्भीर विषयमा चासो त्यति दिइएको पाइन्न । 
जनआस्था साप्ताहिकबाट 
 

विशेष