उपप्रधानमन्त्री यादवकाे जासुसी गर्ने व्यक्ति उनकै कार्यालयका उपसचिव
काठमाडाैं । अाफ्नै मन्त्रालयमाताहतकाे त्याे पनि माथिल्लाे तहकाे कर्मचारी नै अाफू विरुद्व सुराकीमा लाग्छ भने त्याे मन्त्री कसरी सफल हाेला ? यस्तै हालत अहिले स्वास्थ्यमन्त्री उपेन्द्र यादवमाथि अाइपरेकाे छ ।
जुन कार्यालयमा गए पनि नटिक्ने भनेर कर्मचारी प्रसासनभित्र चिनिएका उपसचिव मधुसुदन बुर्लाकाेटी अहिले १० ठाउँ चहार्दै स्वास्थ्य मन्त्रालय पुगेका छन् ।तर, उनकाे काम मन्त्री यादवका स्वकिय सचिव जितेन्द्र यादव र कृष्णकुमार रार्इलार्इ प्रयाेग गरेर मन्त्रीकै सुराकी गर्ने रहेकाे बतार्इन्छ । कर्मचारीतिरका पीए रार्इ त अाफूलार्इ मन्त्रीकाे सल्लाहकार बताउँदै असुल्नमा तल्लीन रहेकाे स्राेतले बतायाे । उपसचिव बुर्लाकाेटीले खानपिनमा साैखिन मन्त्रीका पिएसँग बसेर खाने र मन्त्रीकाे सुराकी गर्ने गरेकाे चर्चा स्वास्थ्य मन्त्रालयपरिसरमा समेत चल्ने गरेकाे छ ।
प्रशासन उपसचिव बुर्लाकाेटी पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री हुँदा साे मन्त्रालयमा सरुवा भएका हुन् । कर्मचारी युनियनसम्बद्व विभिन्न व्यक्तिलार्इ पैसा खुवाएर स्वास्थ्यमा पुगेका उनले मन्त्री अर्याललार्इ असहयार्ग गरेर धुरुक्क रुवाएर थिए । यी यति बदनाम कर्मचारी हुन् कि जहाँ गएपनि नटिक्ने त उनकाे खास पहिचान नै हाे । उनी अहिलेसम्म १५ भन्दा ब९ी मन्त्रालय र विभागमा बसिसकेका छन् ।
नुवाकाेट, दाङ र उदयपुरकाे सिडिअाे हुँदा धेरै बदनाम भएका बुर्लाकाेटीलार्इ कृषिमा सरुवा हुँदा कृषि मन्त्रालयले त लिनै मानेकाे थिएन । विमलेन्द्र निधिकाे पालामा भाैतिक मन्त्रालय अन्तर्गतकाे यातायात व्यवस्था विभागकाे महानिर्देश भएका उनी त्यहाँ पनि टिकेनन् । पहिला तर्साउने, खाने र पछि कुलेलाम ठाेक्ने उनका सबै गलत क्रियाकलापसम्बन्धी उजुरी प्रधानमन्त्री कार्यालयसम्म पुगिसकेकाे बतार्इन्छ । - बुधबार साप्ताहिकबाट
उपेन्द्र यादव मधुसुदन बुर्लाकाेटी