News

चीनले भन्यो, ‘हाम्रो जुन बन्दरगाह चाहिन्छ नेपालले प्रयोग गरे हुन्छ, तर हाम्रा मालवाहक ट्रक नेपाल जान पाऊन्’

चीनले भन्यो, ‘हाम्रो जुन बन्दरगाह चाहिन्छ नेपालले प्रयोग गरे हुन्छ, तर हाम्रा मालवाहक ट्रक नेपाल जान पाऊन्’

काठमाडौं । कलकत्ता बन्दरगाहपछि नेपालले अघिल्लो पटक केपी ओली नै प्रधानमन्त्री भएको बेला विशाखापट्नम बन्दरगाह प्रयोग गर्न अनुमति पाइसकेको छ ।

 

अब चीनले पनि रोजेर बन्दरगाह प्रयोग गर्न नेपाललाई ग्रिन सिग्नल दिएको छ । नेपालबाट चार हजार किलोमिटर टाढा छ, इष्ट  चाइना सी (पूर्वी चिनियाँ समुद्र), जो कोरियासँग नजिक छ ।

 

राजधानी बेइजिङनजिकै , अढाई सय किलोमिटरको दूरीमा छ, थ्यान्जिन । चीनले हालै बेइजिङ बोलाएको  एउटा नेपाली टोलीसँग ‘त्यो लिएपनि हुन्छ वा त्यस बाहेक कुन चाहिन्छ, हामी दिन तयार छौँ’ भनेको छ । ट्रेड एण्ड ट्रान्जिटको प्रोटोकलमा सही गर्न आउने भनेको चिनिँया टोली अर्को महिना सेप्टेम्बरमा एक महिना ढिला गरेर आउँदै छ । 

 

चीन पक्षको माग छ , नेपालमा आफ्नै मालबाहक सवारी साधनलाई प्रवेश दिइयोस् । नेपालले पनि शिगात्सेसम्म आफ्ना  सवारी साधन जान दिनुपर्ने भनेको छ ।  राणाकालको युद्वमा नेपाली पक्षले जितेर आफ्नो उपस्थिति त्यहाँसम्म पुर्‍याएको थियो । चीनले नेपालजस्तै भूपरिवेष्ठित राष्ट्र मंगोलियालाई आफ्नो बन्दरगाह खुल्ला गरिदिएजस्तो नेपालका लागि खुला गर्ने भएको हो । तर, धेरै चक्के ठूला मालवाहक सवारी साधन छिर्नका लागि नेपालसँग फराकिलो बाटोको अभाव छ । 

 

 

रसुवागढी र तातोपानीका पुराना पुल भत्काइँदै छ । नयाँ पुल बनाइने भएको छ । तर त्यो बनिसक्न पनि केही वर्ष लाग्छ । गल्छीबाट रसुवागढी जाने होस् या टोखा छहरे खण्ड होस्, एक लेनको साँघुरो बाटो छ । नेपालले त्यसलाई दुई लेनको बनाउने प्रतिबद्धता जनाए बमोजिम भित्ता फोर्ने काम धमाधम भइरहेको छ । चीनले १८ दिनमा अष्ट्रियाको भियना पुग्ने रेलमार्ग बनाइसक्यो भने उसले आफ्नो रेल वा गाडी नेपाल ल्याउन कुनै झन्झट हुने कुरै भएन ।
–जनआस्था साप्ताहिकबाट  
 

विशेष