सवैंधानिक परिषद्को बैठक स्थगित, अर्को सातामात्र बस्ने
![सवैंधानिक परिषद्को बैठक स्थगित, अर्को सातामात्र बस्ने](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/images/2018/02/samsad-58fdcd0b79ce8527999252-0.82236100%201519269739.jpg)
काठमाडाैं । बुधबारको लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भई आगामी साताको लागि सरेको छ । नयाँ प्रधानन्यायधीश सिफारिश गर्नका लागि बस्ने भनिएको उक्त बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारको लागि विदेश जानेभएकाले बैठक सरेको हो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले परिषद् बैठक अर्को साता मात्रै बस्ने जानकारी दिए । प्रधानन्याधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई नियुक्ती गर्ने विषयमा छलफल हुने बैठक देउवा फर्केपछि मात्र बस्ने स्रोतले जनाएको छ ।
संवैधानिक परिषद