पूर्णचन्द्र थापा भए कामयमुकायम प्रधानसेनापति
काठमाडाैं । प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्री विदामा बसेपछि बलाधिकृत रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको कमान्ड सम्हालेका छन्।बिहीबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति थापले क्षेत्रीलाई पद हस्ताण्तरण गरेका हुन् ।
रथी थापाले आजैबाट प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् र राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कामयमुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएकी हुन् । प्रधानसेनापति क्षेत्रीले भदौ २४ बाट अवकाश प्राप्त गर्दै थिए ।
बुझबुझारथ पश्चात कामु प्रधानसेनापति थापाले नेपाली सेनालाई आधुनिकिकरण गर्ने प्रयास स्वरुप ‘लेस पेपर इन्भायरोमेन्ट’ को अवधारणाअनुसार डिजिटाइजेनको सुरुवात गरेका छन्। साथै काठमाडौं तराई दु्रतमार्गको आयोजना कार्यान्वायनको लागि गठिन निर्देशक समितिको अध्यक्षको कार्यभार बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई हस्तान्तरण गरेका छन्। थापा तीन वर्ष नेपाली सेनाको नेतृत्वमा रहने छन्।