News

रोल्पा सिमेन्ट उद्याेग बन्द भयाे

रोल्पा सिमेन्ट उद्याेग बन्द भयाे


काठमाडाैं । रोल्पाको  त्रिवेणी गाउँपालिका–३, कोइलामा रहेको रोल्पा सिमेन्ट टिपर व्यवसायीले बन्द गरेका छन् । सहमतिअनुसार स्थानियको टिपरलाई काम नदिएको भन्दै टिपर बन्द भएको व्यवसायीले बताएका छन् ।

 

असार २६ गते उद्योग र व्यवसायीबीच सहमति कार्यान्वयन नभई मनमुटाब भएपछि उद्योग बन्द भएको हो ।  स्थानियको टिपरलाई काम दिनका लागि व्यवसायी र उद्योगीबीच सहमति हुँदा जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष र वडाअध्यक्षहरूको सहभागिता रहेको थियो ।

 

 टिप्पर व्यवसायीहरुले आबुखैरेनीसम्मको भाडा ३ हजार ५ सय रुपैयाँ तोेकेका छन् भने उद्योगले २ हजार २ सयसम्म दिन सक्ने बताएको छ । वर्षाको समय भएकाले सिमेन्टको खपत नभएको विद्युतको समस्याका कारण प्रशस्त मात्रामा सिमेन्ट उत्पादन नभएको लगायतका कारण देखाउँदै सबै टिप्परहरु कम्पनीले प्रयोग गर्न नसक्ने उद्योगले जनाएको छ ।

रोल्पा सिमेन्ट उद्याेग

विशेष