News

काठमाडौंमा जमिन फाटेपछि ४ घर भत्किए

काठमाडौंमा जमिन फाटेपछि ४ घर भत्किए

फार्इल तस्वीर

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । 
एकाएक जमिन फाटेपछि थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । 

घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । 

चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् । -कान्तिपुर दैनिकको पृष्ठ ५ बाट ।

विशेष