News खेल

मलेसियाले टस जितेर दियो नेपाललाई ब्याटिङको निम्तो, खेल ३० ओभरको हुने

मलेसियाले टस जितेर दियो नेपाललाई ब्याटिङको निम्तो, खेल ३० ओभरको हुने

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा आयोजक मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

 

वर्षाका कारण ढिलो गरी सुरु हुन लागेको खेल ३०-३० ओभरको हुनेछ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिएपनि पानी परेपछि खेल ढिलो सुरु हुने भएको हो ।


एसिया कप छनोटको शीर्ष २ भित्र पर्नका लागि मलेसियालाई नेपालले पराजित गर्नै पर्ने हुन्छ । अहिले नेपाल छनोट प्रतियोगिताको पाचौं स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो ।

 

दोस्रो खेलमा युएईसँग पनि ७८ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको यात्रा निकै कठिन बनेको हो । नेपालले मलेसियापछि सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ । नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

 

मलेसियासँग नेपालले अहिलेसम्म ५ खेलमा प्रतिस्पर्धा गरेको छ भने सबै खेलमा नेपालले जितेको छ । सन् २०१४ पछि नेपाल र मलेसियाबीच पहिलो पटक भेट हुन लागेको हो ।

एसिया कप छनोट

विशेष