News

जापानद्वारा नेपाललाई साढे ३२ करोड मूल्य बराबरको चामल सहयोग

जापानद्वारा नेपाललाई साढे ३२ करोड मूल्य बराबरको चामल सहयोग

काठमाडौं । जापान सरकारले नेपाल खाद्य संस्थानलाई ३२ करोड ४८ लाख रुपैयाँ बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो । 

 

 

सोमबार काठमाडौंमा आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई चामल हस्तान्तरण गरे । 

 

 

कार्यक्रममा सचिव घिमिरेले खाद्य समस्या हुने देशका विभिन्न दुर्गम जिल्लामा चामल व्यवस्थित तरिकाले वितरण गरिने बताए ।  राजदूत साइगोले नेपालको कृषि, पर्यटनलगायत क्षेत्रको विकासमा सहयोग पुर्याउने नीति रहेको बताए ।  

 

 

खाद्य संस्थानका अध्यक्ष नवराज ढकाल र महाप्रबन्धक योगेन्द्र गौचनले खाद्य उत्पादनमा समस्या रहेका हुम्ला, जुम्ला, डोल्पा, मुगुलगायत हिमाली जिल्लाका गरीब जनताको सहयोगका लागि जापान सरकारले विगतमा पनि विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराए । 

नेपाल खाद्य संस्थान जापान सरकार चामल सहयोग

विशेष