News

सेनाले नै श्रीमतीलाई थाहै नदिर्इ सम्बन्ध विच्छेद गरे !

सेनाले नै श्रीमतीलाई थाहै नदिर्इ सम्बन्ध विच्छेद गरे !

स्याङ्जा । श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर स्याङ्जामा श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । 

 

 

आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै सोमबार स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी हुन् । उनले रुँदै भनिन्, ‘मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।’ 

 

 

भिरकोट नगरपालिका-३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीन वटा मुद्दा दर्ता गराएका छन् । उनले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराएकी स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए । 

 

 

आफूलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेकाले मुद्दा दायर गर्नुपरेको गुनासो गर्दै उनले भनिन्, ‘मलाई थाहा नै छैन कसरी भयो सम्बन्ध विच्छेद ? श्रीमानले कुटपिट गर्ने, खान लाउन नदिर्इ राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुःख गरी २ छोरीलाई पढाउँदै आएको र छोरी कृष्टीले गत असार ११ गते जिल्ला अदालतमा अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र आफ्नो सम्बन्ध विच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले आफू श्रीमानका बिरुद्ध उत्रिन बध्य भएको उनले बताइन् । 

 

 

विसं २०४४ मा आफूहरुको मागी विवाह भएकोमा भारतीय सेनामा कार्यरत श्रीमानले विसं २०४६ मा अर्को विवाह गरेका र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाई सँगै भारत लगेको र करीब २ वर्ष भारतमा बसी एक छोरी जन्मिएपछि घर पर्किएको उनले बताए । 


 

स्याङ्जा सम्बन्ध विच्छेद

विशेष