News

कार्यक्षेत्र नबस्ने पुनःनिर्माणका प्राविधिकमाथि कारवाही शुरु

कार्यक्षेत्र नबस्ने पुनःनिर्माणका प्राविधिकमाथि कारवाही शुरु

ओखलढुङ्गा । पुनःनिर्माणमा खटिएर कार्यक्षेत्रमा नबस्ने जिल्लाका प्राविधिक कारवाहीमा परेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा लाभग्राहीको निजी आवास निर्माणका लागि सहयोग गर्न खटिएका कतिपय प्राविधिक गाउँमा नबसेको गुनासो आएपछि पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले कारवाही शुरु गरेको हो ।

 

 

यो साता कार्यक्षेत्रमा नबस्ने प्राविधिक पहिचान गरेर स्पष्टिकरण सोधिएको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इञ्जिनियर पीताम्बर पुनले बताए । उनका अनुसार यो साता आधा दर्जन प्राविधिक कारवाहीको दायरामा परेका छन् । 

 

 

प्राप्चामा खटिएका लोकबहादुर ऐर, कुन्तादेवीमा खटिएका करण दास, खिजीकातीमा खटिएका प्रकाशकुमार यादव लगायतका प्राविधिक कारवाहीमा परेका हुन् । 

 

 

गाउँमा नबसेको र फोन गर्दा समेत नउठाएर सम्पर्कविहीन भएको भन्दै २४ घण्टाभित्र स्पष्टिकरण दिन भन्दै पत्र पठाइएको छ । उनीहरुलाई पहिलो चरणमा स्पष्टीकरण सोधिएको र चित्त बुझ्दो जवाफ नआए नियमानुसार कारवाही अघि बढाइने जनाइएको छ । 
 

पुननिर्माण प्राविधिक ओखलढुङ्गा

विशेष