News

फेरि धुन्चे–रसुवागढी राजमार्ग बन्द

फेरि धुन्चे–रसुवागढी राजमार्ग बन्द

रसुवा । धुन्चेको त्रिशूली नदीनजिक खोपाङ भिरमा पहिरो जाँदा सोमबार साँझदेखि धुन्चे-रसुवागढी राजमार्गको सिधासम्पर्क टुटेको छ । 

 

 

करीब ३० मिटर दूरी सडकमा पहाडका ठूलाठूला ढुङ्गाले सडक अवरुद्ध भई पहिरो स्थलमा स-साना ढुङ्गा झर्ने कार्य जारी भएकाले सोमबार रातभरिका लागि आवतजावतमा समेत रोक लगाइएको निमित्त जिल्ला प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले बताए । 

 

 

ठूलाठूला ढुङ्गा झरेका कारण पहिरो खोली राजमार्ग सुचारु गर्न तीन÷चार दिन लाग्ने अनुमान गरिएको सडक कार्यालयका डोजर अपरेटर राजेश दाहालले जानकारी दिए । 

 

 

 साँझ ६ बजे खसेको ढुङ्गा विस्फोटन गराएर मात्र राजमार्ग खोल्न सकिने प्राविधिकहरुले बताएका छन् । बिरामी लिई चिलिमेबाट धुन्चे अस्पताल आएको एम्बुलेन्ससमेत परिरोका कारण रोकिएको छ । केरुङबाट सामान लिन आएका करीब ५०० कन्टेनर भन्सारबाट छुट्ने क्रममा रहेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए । 

रसुवा धुन्चे–रसुवागढी राजमार्ग

विशेष