सुर्खेतमा दर खाँदा नौजना विरामी
काठमाडौँ । सुर्खेतमा तीजको दर खाएर आईतबार बेलुका नौ जना बिरामी भएका छन् । वीरेन्द्रनगर नगरपालिका–२ दौतलपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खानगएकानौ जनाआफन्तहरु विरामी परेको जिल्लाप्रहरी कार्यालय सुर्खेतकाप्रवक्ताश्यामहरी चौधरीले जानकारी दिएका छन् ।
प्रवक्ता चौधरीका अनुुसार ३० वर्षिया प्रदीप सुनार, ११ वर्षीय मिलन सुनार, नौ वर्षीय आशीष सुनार, २७वर्षीय पदम सुनार, ३० वर्षीया चन्दा सुनार, ४५ वर्षीया चन्द्रकला सुनार, ४९ वर्षीय नरबहादुर सुनार, २० वर्षीया रीता सुनार रनौ वर्षीय अमित सुनार विमारी परेका छन् ।
विरामीको उपचार मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा भईरहेको छ । विरामीका आफन्त पूजा सुनारका अनुसार विरामीलाई टाउको दुख्ने, वान्ता हुने, रिङगाटा लाग्ने जस्ता समस्या अहिलेसम्म सुधार आएको छैन ।
क्षेत्रीय अस्पतालका डा.नमोबुद्ध शाक्यले ‘फुड प्वाइजन’का कारण यो समस्या आएको जानकारी दिए । बिरामी सबैको उपचार भइरहेको छ ।