विदेश

अफगानी नागरिकद्वारा पेरिसमा चक्कु प्रहार, ७ जना घाइते

अफगानी नागरिकद्वारा पेरिसमा चक्कु प्रहार, ७ जना घाइते

पेरिस । पेरिसमा एक व्यक्तिले आइतबार अबेर राति चक्कु प्रहार गरी २ जना बेलायती पर्यटक सहित सात जनालाई घाइते बनाएका छन् । आक्रमणकारीलाई रोक्न सडकमा उभिएका केही व्यक्तिले प्रयत्न गरेपनि परिस्थिति डरलाग्दो बनेको थियो । 

 

 

पीडितमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको प्रहरीले जनाएको छ । आक्रमणकारी अफगानी नागरिक रहेको अनुमान गरिएको छ र उनलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटना आतङ्ककारी हमला हो होइन भन्ने एकिन नभएको प्रहरीले जनाएको छ । 

 

 

पेरिसको उत्तरी इलाका बास्सिन डे ला भिलेट स्थानीयबासीका साथै पर्यटकहरुको राम्रै जमघट हुने स्थान हो । यहाँ बैंकहरु, कफी पसल, चलचित्र प्रदर्शन स्थल र अरु सांस्कृतिक स्थलहरु रहेका छन् । 

 

 

प्रत्यक्षदर्शी युसुफ नजाहले एकजना व्यक्ति २५-३० सेन्टिमिटर लामो चक्कु बोकेर दौडिएर मानिसहरुतिर आएको आफूले देखेको बताए । ‘करिब २० जनाले त्यो व्यक्तिलाई लखेटेर समात्ने प्रयास गरिरहेका थिए ।’

चक्कु प्रहार पेरिस अफगानी नागरिक

विशेष