News

चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु

चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । गएराति १ बजे सुर्खेतको पूर्वी भागको गुर्भाकोट नगरपालिका–१४ सुर्खेत जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ । 

 

एकतले खरले छाएको घरमा चट्याङ पर्दा कामीसहित गोठमा रहेका दुई गाई, एक गोरु र एक कुकुर मरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए । 

 

 

चट्याङले कामी पत्नी ४८ वर्षीय खगिसरा पुन घाइते भएको उनले बताए ।  घाइते पुनको सुर्खेत मेहलकुनास्थित अस्पतालमा उपचार भइरहेको छ । 

चट्याङ सुर्खेत

विशेष