News

स्कूल-स्कूलमा प्रहरी अभियान शुरु

स्कूल-स्कूलमा प्रहरी अभियान शुरु

सिन्धुपाल्चोक । आपराधिक घटना बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले स्कूल-स्कूलमा प्रहरी अभियान शुरु गरेको छ । सोमबार चौतारामा स्थानीयवासी जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको उपस्थितिमा सो अभियान शुरु गरिएको हो । 

 

 

अभियानको शुभारम्भ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले गर्नुभएको हो । प्रहरी उपरीक्षक मरासिनीले यौन हिंसा, लागुऔषध र सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउँदै स्कूलस्कूलमा पुग्ने बताए ।

 

 

उनले कानून विपरीतका कार्य मात्र अपराध नभइ कानूनले दिएका काम नगर्नु पनि अपराध हुने भन्दै स्कूले बालबालिकामार्फत् समाजमा सचेतना जगाउन लागिएको बताए ।

 

 

यस अभियानको माध्यमबाट सिन्धुपाल्चोकका ३५ हजार स्कुले बालबालिकासम्म प्रहरी पुग्ने भएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख गौरीशङ्कर पाण्डेले अपराध न्यूनीकरण र सभ्य समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रचनात्मक काम थालनी गरेको बताए । 

 

 

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले अपराधमुक्त सिन्धुपाल्चोक निर्माण गर्न प्रहरीसँगै हातेमालो गर्दै स्थानीयवासी नै लाग्नुपर्ने बताए । 

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालय स्कूल-स्कूलमा प्रहरी

विशेष