विदेश

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरीफ पत्नी कुलसुमको निधन

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरीफ पत्नी कुलसुमको निधन

पाकिस्तान । पाकिस्तानको इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजको उपचारका क्रममा मंगलबार लण्डनमा मृत्यु भएको छ । उनी ६८ बर्षकी थिइन् ।

 

 

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफकी धर्मपत्नी कुलसुमको मृत्युको खबरलाई सरीफको दल सम्बद्ध स्रोतले पुष्टि गरेको छ । कुलसुमका पति तथा पूर्व पाकिस्तानी प्रधानमन्त्री भने पदीय मर्यादा विपरित आर्थिक अपचलनसम्बन्धी मुद्दामा आरोपित बनेपछि सुनुवाईका लागि पाकिस्तानी जेलमा बन्दी रहेकी थिइन् ।

 

 

कुलसुमलाई क्यान्सरका चार प्रमुख समस्यामध्ये एक लिम्फोमा नामक समस्याका कारण गत बर्षको अगस्तदेखि लण्डनस्थित एक अस्पतालमा उपचार गराउँदै आएकी थिइन् । 

 

 

हो, बेगम कुलसुम नवाजको मृत्यु लण्डनको एक निजी अस्पतालमा उपचारका क्रममा मङ्गलबार भएको छ, पाकिस्तानी मुस्लिम लिग–नवाजका प्रवक्ता मार्याम अरुन्जेबले बताए । 

 

 

उनको स्वास्थ्य स्थितिमा जटिलता आएपछि मङ्लबार बिहानैदेखि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । कुलसुमलाई उपचार गराइरहेका नवाज सरीफलाई पाकिस्तानी अदालतमा सुनुवाईका लागि निर्वाचनको केही पहिले गत जुलाई १५ मा बोलाइएको थियो । पाकिस्तान आएलगत्तै सरीफकी छोरी र उनलाई पक्राउ गरी जेलमा राखिँदै आएको छ । -एजेन्सी

पाकिस्तान कुलसुम नवाज पूर्व प्रधानमन्त्री नवाज सरीफ

विशेष