News

झुण्डिएको अवस्थामा युवाको शव फेला

झुण्डिएको अवस्थामा युवाको शव फेला

धनगढी । कैलालीमा शनिबार एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । शनिवार घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा झुण्डिएको अवस्थामा अन्दाजी २० वर्षका दिपककुमार ओलीको शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जनाएका छन ।

 

बझाङ घर भएका मृतक ओली पहलमानपुर कृषि जेटीएमा अध्ययनरत थिए । युवकका आफन्त घटनास्थलमा अझै नपुगेकाले शव नउठाइएको प्रहरी निरीक्षक जोशीले बताएका छन । आत्महत्या हो कि अरु कसैले हत्या गरेको भन्ने विषयमा खुल्न नसकेको प्रहरीले जनाएको छ ।

कैलाली युवकको शव झुण्डिएको अवस्थामा फेला

विशेष