विदेश

तीन लाख सैनिक सहभागी गराएर रुसले सुरु गर्‍यो संसारकै ठूलो सैनिक अभ्यास

तीन लाख सैनिक सहभागी गराएर रुसले सुरु गर्‍यो संसारकै ठूलो सैनिक अभ्यास

रुसले शीतयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ। पूर्वी सर्वियामा भइरहेको सैन्य अभ्यासमा करिब तीन लाख सैनिक सहभागी छन्। सेप्टम्बर १७ सम्म चल्ने अभ्यासमा भाग लिने सेनाको यो संख्या दोस्रो विश्वमा परिचालित सेनाको संख्याको हाराहारीको मानिएको छ। यसमा ३६ हजार ट्यांक, हजारभन्दा बढी विमान, बख्तरबन्द गाडीलगायत प्रयोग गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ।

 

 भोस्टोक–२०१८ नाम दिइएको अभ्यास सेनाको पाँच वटा अभ्यासस्थलमा फैलिएको छ भने चार वटा एअर बेसको उपयोग गरिने छ। चीनले बख्तरबन्द गाडी र विमानसहित आफ्ना ३२ सय सेना पठाएको छ भने मंगोलियाले पनि केही सैनिक पठाउँदैछ।

 

 रुसले शीत युद्धताका यस्तै तहको सैन्य अभ्यास गरेको थियो तर अहिलेको अभ्यासमा सहभागी सेनाको संख्या भने बढी छ। उत्तर एटलान्टिक सैन्य संगठन नेटोसँग तनाव चुलिरहेका बेला रुसले यो सैन्य अभ्यास गरेको हो। सन् २०१४ मा युक्रेनको स्वायत्त क्षेत्र क्रिमिया आफूमा विलय गराएपछि अमेरिका हाबी रहेको २९ सदस्यीय नेटोसँगको रुसको सम्बन्ध बिग्रिएको छ।  

विशेष