पद त्याग्दै शिक्षक बने जनप्रतिनिधि !

जाजरकोट । जाजरकोटमा एक जना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक बनेकी छन् । जुनिदाँदे गाउँपालिका वडा नं. ६ की वडा सदस्य गरिमा शाहीले राजीनामा दिएर शिक्षक बनेकी हुन् ।
उनी वडा सदस्यबाट राजनीनामा दिएर छेडागाड नगरपालिका वडा नम्बर ७ को भानुभक्त आधारभुत विद्यालयको शिक्षक बनेकी हुन् । बिहीबार जिल्ला समन्वय समितिबाट राजीनामा बुझाएर जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षाबाट उत्तिर्ण भएर शिक्षक बनेकी हुन् ।
शाही कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाई अनुदान दरबन्दीमा शिक्षक बनेकी जिल्ला शिक्षा समन्वय इकाई जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार शाहीले पदबाट राजीनामा दिएर परीक्षामा उत्तिर्ण भएपछि शिक्षक पदमा नियुक्त गरिएको हो ।
गत स्थानीय तहको चुनावमा जुनिचाँदे गाउँपालिका-६ की वडा सदस्यमा निर्वाचित शाही तत्कालिन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्य समेत निर्वाचित भएकी थिइन् ।
जाजरकोट छेडागाड नगरपालिका