News

‘सेनानी सम्मान पुरस्कार’ बास्तोलालाई प्रदान गरिने

‘सेनानी सम्मान पुरस्कार’ बास्तोलालाई प्रदान गरिने

काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘सेनानी सम्मान पुरस्कार’ नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ । 

 

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिश समितिको सर्वसम्मतिबाट करीव पाँच वर्षदेखि अचेत अवस्थामा घरमै उपचार गराइ रहेका नेता बास्तोलालाई प्रदान गर्ने निर्णय गरिएको हो । 

 

उनलाई प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्याए वापत ५० हजार रुपैयाँ राशिको सो पुरस्कार प्रदान गरिने भएको हो । 

 

एक लाख एक हजार राशिसहितको ‘बीपी साहित्य सम्मान पुरस्कार’ भने यस वर्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कार बीपी जयन्तीका अवसरमा बीपी ट्रष्टद्वारा यही भदौ २२ गते काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ । 

बीपी कोइराला सेनानी सम्मान पुरस्कार चक्रप्रसाद बास्तोला

विशेष