विदेश

पाकिस्तानी प्रधानमन्त्री खानकाे आग्रह- ३ महिना काम गर्न दिनुस्, त्यसपछि आलोचना

पाकिस्तानी प्रधानमन्त्री खानकाे आग्रह- ३ महिना काम गर्न दिनुस्, त्यसपछि आलोचना

इस्लामावाद । सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आग्रह गरेका छन् ।

 

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै खानले भने, ‘आफुले सत्ता सम्हालेको पहिलो बर्ष पाकिस्तानले कठिनाईको सामनाबाट नै गुज्रनु पर्ने अवस्था देखिएको छ ।’ 

 

पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) ले सत्ता सम्हालेको केही समय नहुँदै पाकिस्तानमा सञ्चारमाध्यम विगत चारबर्ष यता निकै सकसका साथ चलेको भन्ने समाचार आएपछि नवनिर्वाचित प्रधानमन्त्रीले तत्काल आलोचनाभन्दा आफ्नो सरकारले कम्तीमा तीन महिना काम गर्न दिन सञ्चारकर्मी तथा राजनीतिक दलसँग आग्रह गरे। 

 

खानले पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख लक्ष्य भएको दोहोराउँदै भने, ‘देशमा नत राष्ट्रिय मेलमिलाप संगठनजस्ता संस्था रहने छन् न जिम्मेवारीबाट कोही पन्छिन पाइनेछ ।’ 

 

आफ्नो सरकारले काम शुरु गरेपछि गरेका कामबाट राज्यले कस्तो भिन्नताको महशुस पाउने हो यसलाई देखिने गरी काम हुने क्रिकेट खेलाडीबाट राजनीतिमा आएका नेता खानले विशेष जोड दिँदै बताएको पाकिस्तानी दैनिक द डनले शनिबारको अङ्कमा उल्लेख गरेको छ । 

 

मन्त्रीका पद स्थायी नहुने र कामका आधारमा परिवर्तन गरिने खानले बताए । प्रधानमन्त्री खानले भारतसहितका छिमेकी मुलुकसँगको सम्बन्ध सुधारका लागि आफु प्रतिवद्ध रहने पनि बताए । 


बानी गाला निवासबाट अफिस जाँदा हेलीकोप्टरको प्रयोग गरेको भन्ने प्रश्नको उत्तरमा आफुले जनताको असुविधालाई मध्यनजर राख्ने गरेको बताए । -एजेन्सी
 

इमरान खान पाकिस्तान

विशेष