News

पहिलाे पटक अार्इपुग्याे मालबाहक कन्टेनर रेल विरग‌न्ज

पहिलाे पटक अार्इपुग्याे मालबाहक कन्टेनर रेल विरग‌न्ज

वीरगंज ।  विद्युतीय निगरानी प्रविधी (इलेक्ट्रोनिक ट्रयाकिंग सिस्टम) जडान गरिएको पहिलो मालबाहक कन्टेनर रेल पूर्व निर्धारित समय भन्दा एक साता ढिलो गरी वीरगन्ज आइपुगेको छ ।


दक्षिण भारतीय समुद्री बन्दरगाह विशाखापटनम (भिजाग पोर्ट) बाट २० फुट लम्बार्इ इकाइका ९० कन्टेनर बोकेर गत २८ अगस्तमै हिडेको रेल १४३६ किलोमिटरको दूरी १४ दिनमा तय गर्दै रेल सोमबार साँझ वीरगंज सुख्खा बन्दरगाहमा आइपुगेको हो । 


यो रेल साता दिनभित्र आइपुग्नु पर्ने भएपनि वर्षात र प्राविधिक कारणले ढिलो गरी आइपुगेको  हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले जानकारी दिए ।


नेपाल सरकारले तेश्रो मुलुकसँग हुने कारोबारमा पारवहनलार्इ कागजी प्रकृया रहित बनाउन विश्व बैंकको सहयोगमा गुरू योजनाका रूपमा इलेक्ट्रोनिक कार्गो ट्रयाकिंग सिस्टम (इसिटिएस) प्रयोगमा ल्याएको हो । यो प्रणालीमा मालवाहक कन्टेनरमा जडान गरिएको विद्युतीय उपकरणको सहायताले ढुवानी सेवा प्रदायक कम्पनीले ग्लोबल पोजिसनिंग सिस्टमको सहयोगमा कन्टेनर कुन ठाउँमा पुग्यो भन्ने यकीन जानकारी प्राप्त गर्छ ।


नेपालका लागी सामान बोकेर भारतीय बन्दरगाहबाट हिंडेको कन्टेनर बाटोमै हराउने समस्या देखिन थालेपछि दुर्इ देशबीच पारवहनमा इसिटिएस प्रणाली प्रयोगमा ल्याउने सहमति भएको थियो । गत वैशाखमा पहिलो पटक इसिटिएस जडान गरेर कोलकाता बन्दरगाहबाट सडक मार्ग हुँदै दुर्इवटा कन्टेनर वीरगन्ज भित्र्याइएको थियो ।

विशेष