News फोटो

हरितालिका तीजको दिन पशुपतिनाथ रातो रंगामा सजियो (फोटो फिचर)

हरितालिका तीजको दिन पशुपतिनाथ रातो रंगामा सजियो  (फोटो फिचर)

काठमाडौं । पति र परिवारको रक्षाको लागि बुधबार व्रत बसेका हिन्दु महिलाहरुको अटल सौभाग्य र सदासर्वदाको विश्वास रहेको हुन्छ । मंगलबारको दरको भरमा बुधबार आस्था र परम्पराको साथ भगवान् शिवजीको पुजा अर्चना गरिन्छ । 


आजको दिन हिन्दु बिवाहीत तथा अबिवाहीत महिलाहरु शिवालयहरुमा दर्शनार्थीको विषेश भिड हुुन्छ । आज लगभग अन्य दिन भन्दा पशुपतिनाथ मन्दिर परिसर र काठमाडौंको बुसन्तपुर, मखनाटोल क्षेत्र रातो रंगमा सजिएका विवाहित हिन्दु महिलाहरुको बाक्लो उपस्थिती हुने गर्दछ ।  

 

बिहानदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो । दर्शन गरेका महिलाले पशुपति क्षेत्रमा नाचगान प्रस्तुत गरीरहेका थिए । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाको पशुपति परिसरमा भीड उतीकै रहेको छ ।

हरितालिका तीज

विशेष