News

वर्षाले चार करोडको क्षति

वर्षाले चार करोडको क्षति

रुकुम पश्चिम । चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भू–क्षयबाट रु तीन करोड ६९ लाख ६३ हजार बराबरको क्षति भएको छ । 

 

 

नगरपालिकाका १४ वटै वडामा वर्षाले क्षति पु‍-याएको छ । बाढी र पहिरोले घर तथा अन्न बालीमा क्षति पुगेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारका अनुसार बाढीबाट नगरपालिकाका १० परिवार घरबारविहीन भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ । सत्ताइस परिवारको अन्नबालीसहितको खेतबारी बगेको छ । बाढी र पहिरोका कारण सात सडक तथा छा विद्यालयमा क्षति पुगेको छ । 

 

 

नगरपालिकाभित्रका जहारीखोला, सेतीगारखोला, मानाकोटखोला, दमदमेखोला, कालिगारखोला, नार्जिखोला, खहरेखोला, चिन्नेबगरखोला, लापुरखोला, ठूलाखोला, कटेजखोला, चैतेखोला तथा साक्चा खोलामा आएको बाढीले क्षति पु-याएको कार्यदलका संयोजक सुनारले बताउनुभयो । कार्यदलले क्षतिको कारण पत्ता लगाउँदै नगरपालिकालाई सुझावसमेत दिएको छ । कार्यदलले विशेषगरी जथाभावी खनिएका सडकका कारण बर्खायाममा व्यापक क्षति भएको निष्कर्ष निकालेको छ । नगरपालिकाले २० परिवारलाई रु तीन हजारदेखि रु २० हजारसम्म सहयोग उपलब्ध गराएको छ । 
 

चार करोडको क्षति

विशेष