चीनका पूर्व सांसदलाई १६ वर्ष जेल, ३० लाख जरिवाना
चाङ्चुङ । चीनको उत्तरपूर्वी लिओनिङ प्रदेश सभाका वरिष्ठ पूर्व सदस्य लि वेङ्कलाई १६ बर्षे जेल सजाय सुनाइएको छ । उनलाई ५३ लाख ४० हजार अमेरिकी डलर बराबरको घूस लिएको आरोपमा बिहीबार दोषी ठहर्याइएको हो ।
उनलाई ३० लाख युआन जरिवाना स्वरूप तिर्नुपर्ने फैसला पनि अदालतले गरेको छ । चीनको जनअदालतले दोषी ठहर्याइएका लि सो प्रदेश सभाको स्थायी समितिका पूर्व उप निर्देशक समेत हुन् ।
लिले सन् १९९७ देखि २०१६ सम्मको अवधिमा अवैध तरिकाले रकम लिएको प्रमाण भेटिएको अदालतले जनाएको छ । उनले आफ्नो पदीय जिम्मेवारीको फाइदा उठाउदै सन् १९९७ देखि २०१६ सम्मको समयमा आफुभन्दा तल्लोस्तरका सदस्यको बढुवा गर्ने, व्यापार तथा निर्माण कार्यहरुमा प्रभाव पार्ने गरेको पाइएको अदालतको ठहर छ ।
आरोपी नेता लिले आफुमाथि लगाइएको आरोपका बारेमा अदालतमा न्यायाधीशहरूसँग स्वीकार गर्दै पुनरावेदन नगर्ने बताएका छन् । -एजेन्सी
चीन वरिष्ठ पूर्व सदस्य लि वेङ्क लिओनिङ प्रदेश