अध्यक्ष पौडेल चीन जाँदै
काठमाडौं । चिनियाँ नेसनल पिपुल्स कांग्रेसका उपाध्यक्ष छन चुको निमन्त्रणामा इन्टरनेसनल थिंक ट्यांक कोअपरेसन फोरममा वक्ताको रुपमा सहभागी हुन नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेल बिहीबार चीन जाने भएका छन् ।
तीन साता लामो भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका अध्यक्ष पौडेलले सो फोरमको ग्रिन डेभलपमेन्ट इननोभेसन कन्फ्रेन्समा सम्बोधन गर्ने छन् । फ्रान्स, रुस, बेलायत, भारत, कोरियालगायत ६० देशका प्रतिनिधिको सहभागीता हुने सो सम्मेलनमा सडक सञ्जार र विश्वको भविष्यबारे छलफल हुनेछ ।
नेपालमा गठित दुई तिहाइको सरकारले जनताका आवश्यकता र देशको हितको पक्षमा काम गर्न नसकेको साथै विदेशी हस्तक्षेप बढिरहेकोले जनतामा सरकार विरोधी आक्रोश बढिरहेको परिवेशमा अध्यक्ष पौडेल सो सम्मेलनमा भाग लिन चीन जान लागेका हुन् ।
फाइल फोटो ।