News

आवासको अधिकारसम्बन्धी विधेयक पारित २०७५

आवासको अधिकारसम्बन्धी विधेयक पारित २०७५

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । बैठकमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि मन्त्री राईले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको आवासको अधिकारसम्बन्धी विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 

 

छलफलमा सांसद सुवालले एक ठाउँमा घर भएकाहरुले अर्को स्थानमा बनाउँदा अनुत्पादक क्षेत्रमा खर्च भएको बताए । सडक विस्तार गर्ने नाममा सम्पदा, बस्ती र आवास नभत्काउन पनि सांसद सुवालले माग गरे । 

 

सांसदले उठाएका विषयको जवाफ दिँदै मन्त्री राईले भवन संहितालगायत आवाससम्बन्धी कानून पालना गरिने प्रतिबद्धता जनाए । बैठकले समितिको संशोधन प्रस्ताव स्वीकृत गरी विधेयकको अंग बनाउने प्रस्ताव पनि पारित गरेको थियो । विधेयकको नाम र प्रस्तावना पनि बैठकले स्वीकृत ग¥यो ।
 

‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई

विशेष