News

पत्रकार बस्नेत तारेखमा रिहा

पत्रकार बस्नेत तारेखमा रिहा

काठमाडौं ।  केही दिनअघि समाचारका विषयमा लिएर पक्राउ परेका पत्रकार राजु बस्नेत रिहा भएका छन् । सर्वोच्च अदालतले सामान्य तारेखमा छाड्न आदेश दिएसँगै बस्नेत शुक्रबार रिहा भएका हुन् । 

 


बस्नेतको तर्फबाट रमिता बस्नेतले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलाशले पत्रकार बस्नेतलाई पक्राउ गरिराख्न नपर्ने आदेश दिएको हो । 

 

 

सर्वोच्चको आदेशपछि आफूहरुले पत्रकार बस्नेतलाई रिहा गरेको महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेल प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । 

 

 

केही दिनअघि बस्नेतले ललितपुरको एक सार्वजनिक जग्गा नेकपाका सांसदहरु पम्फा भुसाल र राजकाजी मर्हजनले दलाली गरेको भन्दै समाचार प्रकाशन गरेका थिए ।

 

 

दृष्टि दैनिकमा प्रकाशित ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने शीर्षकको समाचार उनले आफ्नो अनलाइन खोजतलास डटकममा साभार गरेका थिए । त्यो समाचारले विद्युतीय कारोबार ऐन उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो ।  

पत्रकार राजु बस्नेत न्यायाधीश दीपकराज जोशी

विशेष