नेकपा प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

नेकपा प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

काठमाडाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ साताव्यापी चीन भ्रमणका लागि शुक्रबार अपराह्न बेइजिङ प्रस्थान गरे । 

 

भ्रमणका क्रममा उनले बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागका पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । 

 

भ्रमणकै दौरान प्रवक्ता श्रेष्ठले उच्च चिनियाँ राजनीतिक नेतृत्व र चीन सरकारका वरिष्ठमन्त्रीसँग पनि नेपाल–चीन सम्बन्धबारे छलफल गर्ने उनका स्वकीय सचिव सुशन कर्मचार्यले जानकारी दिए । भ्रमण दलमा १५ जनाको सहभागिता छ । उहाँ आगामी असोज ४ गते स्वदेश फर्कने छन् । 

नारायणकाजी श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी चीन भ्रमण

संम्बधित खबर

विशेष