विदेश

अमेरिकाद्वारा लडाकू विमान र क्षेप्यास्त्र खरिद गर्न स्वीकृति

अमेरिकाद्वारा लडाकू विमान र क्षेप्यास्त्र खरिद गर्न स्वीकृति

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले बिहीबार दक्षिण कोरियालाई बिक्री गर्न लागेको २ अर्ब ६० करोड डलरमा नयाँ लडाकू विमान र क्षेप्यास्त्र बिक्रीलाई स्वीकृति प्रदान गरेको छ । 

 

 

प्रतिसुरक्षा सहयोग एजेन्सीले एक वक्तव्यमा दक्षिण कोरियालाई छ वटा पोसीडान नामक लडाकू बिमान २ अर्ब १० करोड डलरमा बिक्री गर्न लागिएको छ । साथै, करिब ५० करोड १० लाख मूल्यमा ६४ वटा प्याट्रिओट क्षेप्यास्त्र र त्यससँग सम्बन्धित अन्य उपकरण बिक्री गर्न स्वीकृति दिइएको छ । 

 

 

अमेरिकी कङ्ग्रेसले उक्त सौदाबाजीमा विमती जनाउन वा रद्द गर्न सक्दछ तर सिओल र वासिङ्टनबीचको प्रगाढ सम्बन्धका कारण यस सम्झौतामा कुनै परिवर्तन हुने सम्भावना छैन । 

 

पी-८ ए सिरिजको बोइङले निर्माण गरेका यी लडाकू जहाजहरु खासगरी जासुसी र हवाई प्रत्याक्रमणमा प्रयोग हुनेछन् ।  उत्तर कोरिया र अमेरिकाबीच वार्ताको सिलसिला जारी रहेकै अवस्थामा हुन लागेको यो सौदाबाजीले उत्तर कोरियामाथि दबाब सिर्जना गर्ने अनुमान गरिएको छ । -एजेन्सी

दक्षिण कोरिया क्षेप्यास्त्र संयुक्तराज्य अमेरिका लडाकू विमान

विशेष