News समाज

धनुषामा पनि विश्व सरसफाई दिवस मनाइयो

धनुषामा पनि विश्व सरसफाई दिवस मनाइयो

धनुषा । धनुषा जिल्लाको श्री मावी विधालय बक्चौराको विधार्थीहरूले गाउँ सरसफाई गरी विश्व सरसफाई दिवस २०१८ मनाएका छन् । वार्ड अध्यक्ष तथा विधालय व्यवस्थापन समितिका अध्यक्ष उदय कुमार साहको अध्यक्ष्तामा विहान ८ बजे देखि सरसफाईको कार्यक्रम सुरु गरियो ।

 

कार्यक्रममा विशेष अथिति सामाजिक अभियन्ता सरोज राय, युवा अभियन्ता संजय यादव, अमित झा, पलास्टिक मुक्त अभियानका चन्द्र किशोर साह, अनिल चौधरी, विधालयका प्रधानाध्यापक राम कुमार ठाकुरलगायतले सरसफाई सम्बन्धित आ–आफ्नो विचारहरु राखेका थिए ।

 

सो कार्यक्रममा रायले भने, ‘धनुषा जिल्लाको एउटा सानो गाउँमा विश्व सरसफाई दिवस २०१८ को उप्लक्ष्यमा मनाउन लागेको शनिबारको कार्यक्रमको महत्व त्यतिकै छ जति संसारको कुनै ठुलो शहरमा मनाइन्दै छ । यस दिवसमा संसारका १५० देशको ३६ करोड़ स्वंमसेवक मध्य तपाईहरुको पनि नाम जोडिएको छ ।’

उनले, ‘सरसफाइको सुरुवात हरेक विधार्थीले आ–आफ्नो घरबाट गर्नुपर्छ । सरसफाईले मात्र समस्या हल हुँदैन, थुपारिएको फोहर पनि व्यवस्थापन हुर्नुपर्छ र यो कार्यको जिम्मेवारी जितेका जनप्रतिनिधिहरुको रहेको छ । उनले कार्यक्रममा उपस्थिति छात्राहरुलाई महिला हिंसाबाट बच्ने उपाय वारे जानकारी समेत गराए ।’

 

त्यस्तै अभियन्ता संजय यादवले, ‘कार्यक्रम सांकेतिक रहेकोले प्रत्येक विद्यार्थीले सरसफाई गर्ने बानी बसाउनु पर्ने सुझाव दिए । महात्मा गान्धीले स्वतन्त्रताको महाअभियानको सुरुवात सरसफाई अभियानबाट नै सुरु गरेको जानकारी दिदै स्थानीय वासी अमित झाले बक्चौराको विकास सरसफाईबाट नै सुरु गर्न सबको ध्यानाकर्षण गरायो ।’

 

आफ्नो विचार राख्दै वार्ड अध्यक्षले सरसफाइलाई आफु उच्च प्राथिमिकता राखेको र फोहर मैला व्यवस्थापनको लागि चांडै ट्रैक्टर खरिद र डम्पिङ्ग साइटको योजना रहेको बताए ।

 

सानो मन्तव्य कार्यक्रम पश्चात अथिति, विधालयका शिक्षक र सहभागी करिव दुई सय विधार्थीहरुले वार्ड अध्यक्ष्को साथमा गाउँका मुख्य बाटोहरु सरसफाई गरेका छन् । शनिबारको कार्यक्रम टिच फोर नेपालबाट खटिएका शिक्षक लाभ यादवले संयोजन गरेका थिए ।
 

धनुषा श्री मावी विधालय बक्चौरा विश्व सरसफाई दिवस २०१८

विशेष