खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु
सल्यान । सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा दार्मा गाउँपालिका –६ बुर्तिबाँग निवासी पुर्णिमा केसीकी ६ वर्षीया छोरी रेखा केसी र दुई वर्षीय छोरा मोहन केसी रहेका छन् ।
तिज मनाउन रुकुम माइतीदेखि घर फर्कर्दै गर्दा आमा, छोरा, र छोरी तीनै जनालाई दार्मा खोलाले बगाएको र आमा बाँच्न सफल भएको इलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ ।
बगाएका बालबालिकाको स्थानीय र प्रहरीको सक्रियमा भएको खोजतलासपछि बालकको शव राति १० बजे, बालिकाको बिहान दुई बजे फेला परेको प्रहरीले जनाएको छ ।