विस्फोटक सम्बन्धी मुद्दामा प्रकाण्डलाई उदयपुर लगियाे
गाईघाट । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौंबाट शनिबार उदयपुर प्रहरीमा कार्यालयमा ल्याइएको छ।
काठमाडौंबाट खड्गबहादुरलाई काठमाडौंका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए।
खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए।
यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ । रासस
नेपाल कम्युनिस्ट पार्टी