News

हतकडीसहित फरार अभियुक्त पक्राउ

हतकडीसहित फरार अभियुक्त पक्राउ

सिन्धुली । हतकडीसहित फरार एक अभियुक्तलाई प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका-३ रातमाटाबाट फरार भएका सञ्जय परियारलाई प्रहरीले गएराति बसपार्कबाट पक्राउ गरेको हो । 

 

 

सर्लाही ईश्वरपुरा नगरपालिका- ५ का १७ वर्षीय परियार जबरर्जस्ती करणीको अभियोगमा काठमाडौंबाट पक्राउ गरी सर्लाही लैजाने क्रममा गत भदौ २१ गते हतकडीसहित बाटोबाटै भागेका थिए । 

 

 

परियारलाई बसपार्कमा काम गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । उनलाई आवश्यक कारवाहीको लागि सर्लाही प्रहरीको जिम्मा लगाइएको छ । 

सिन्धुली पक्राउ सुनकोशी गाउँपालिका

विशेष