News

सनराइज बैंकद्वारा बाल सङ्गठनलाई सहयोग

सनराइज बैंकद्वारा बाल सङ्गठनलाई सहयोग

काठमाडौं । सन्राइज बैङ्क लिमिटेडको ११ औँ वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपाल बाल सङ्गठनका १८० जना बालबालिकालाई सहयोग सामग्री वितरण गरेको छ । 

 

 

प्रत्येक वार्षिकोत्सवमा बाल सङ्गठनमा रहेका बालबालिकालाई विविध सामग्री वितरण गर्दै आएको बैङ्कले यस वर्ष खाद्य सामग्री, जाडो महीनाको लागि लगाउने लुगा, भाँडाकुँडा तथा तन्ना वितरण गरेको हो । 

 

 

उक्त सामाग्री बैङ्कका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, सञ्चालकद्वय बच्छराज तातेड र ओमकृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले एक कार्यक्रमकाबीच वितरण गरे ।

 

 

कार्यक्रममा अध्यक्ष दुगडले बैङ्कले बाल सङ्गठनमा रहेका बालबालिकालाई सहयोग सामग्रीहरु वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे । 

 

 

बाल सङ्गठनका निर्देशक बालकृष्ण डङ्गोल र केन्द्रीय सदस्य रामकृष्ण कँडेलले बाल सङ्गठनलाई पुर्याउँदै आएको सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरे ।

सहयोग सन्राइज बैङ्क लिमिटेड

विशेष