विदेश

जेल तोडेर दर्जनौं कैदी फरार, ट्रकसमेत नियन्त्रणमा लिए

जेल तोडेर दर्जनौं कैदी फरार, ट्रकसमेत नियन्त्रणमा लिए

म्यानमार । म्यानमारको एउटा जेलबाट दर्जनौं कैदीहरु जेल तोडेर फरार भएका छन् । कारेन राज्यको हा-आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका छन् ।

 

 

कैदीहरुको आक्रमणबाट जेलर घाइते भएका थिए । कैदीहरुले सोही ट्रक लिएर फरार भएका अधिकारीहरुले बताएका छन् । कारेन राज्यका प्रहरी प्रमुख औङ म्याट मोइले जेलबाट ४१ जना कैदीहरु भागेको जानकारी दिए ।

 

 

तीन जनालाई भने पुनः प्रक्राउ गर्न सफल भएको पनि उनले बताए । आक्रमण भएको जेलमा झण्डै दुई हजार कैदीहरु रहेका छन् । -एएफपी

म्यानमार जेल कैदी

विशेष