News

राजधानीमै युवतीमाथि सामूहिक बलात्कार

राजधानीमै युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । काठमाडौंको कलंकीमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन् । उनी कलंकीको एक होटलमा बलात्कृत भएकी हुन् । 

 

 

ती युवती सोमबार राती १० बजे हराएकी थिइन्, र मंगलबार १२ बजेतिर होटलमा बलात्कृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ । अहिले युवतीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

 


यसैबीच, ती युवतीलाई बलात्कार गरेको अभियोगमा मंगलबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं, नागार्जुन नगरपालिका-७, का सूर्य राना, नागार्जुनकै भीमढुङगामा होटल सञ्चालन गर्दै आएका रामकृष्ण नगरकोटी र नुवाकोट रालुकादेवी गाउँपालिकाका अर्जुन लामा रहेका छन् ।

 

 

स्युटाचारको गोदामचौरबाट युवती हराएको निवेदन दर्ता भएपछि खोजी गर्दा ती युवती रामकृष्णले सञ्चालन गरेको होटलमा भेटिएपछि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।

बलात्कार काठमाडौं

विशेष