News

पेस्तोल देखाएर पाँच लाख लुटियो

पेस्तोल देखाएर पाँच लाख लुटियो

महोत्तरी । महोत्तरीको गौशालास्थित मरहानदीबाट एक व्यक्ति लुटिएका छन् । मोटरसाइकल चढी गौशालातर्फ आइरहेका समयमा मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट मंगलबार दिउँसो अज्ञात समूहले ५ लाख रुपैयाँ लुटेको हो । 

 

 

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार चौधरीलाई नदीमा एक्लो भएको मौका छोपी मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर उनीसँग रहेको ५ लाख रुपैयाँ लुटेर फरार भएको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।

महोत्तरी पेस्तोल लुटियो पाँच लाख

विशेष