News प्रदेश ७

मन्त्री मगर बल्ल निर्मलाका आफन्तलाई भेट्न गृहजिल्लामा 

मन्त्री मगर बल्ल निर्मलाका आफन्तलाई भेट्न गृहजिल्लामा 

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त परिवारसँग भेट गरेकी छन् । घटना भएको एक महिनापछि मन्त्री मगरसहितको टोली पन्तको परिवारलाई भेटेको हो । 

 

मन्त्री मगरले स्थानीय सुरक्षा तथा प्रशासन प्रमुखसँग घटनाको अनुसन्धान र पछिल्ला घटनाबारे छलफल गरेकी छन् । साथै उनले समाजमा महिला हिंसा बढ्दै गएकोले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन निर्देशन दिइन् ।

 

निर्मला पन्तको परिवारले मन्त्री मगरसँग छोरीको हत्यारा पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ । मन्त्री मगरले शुक्रबार नै बेल्डाडीमा बलात्कृत युवती तथा आन्दोलनमा मारिएका सन्नी खुनाको परिवारलई पनि भेट्ने कार्यक्रम छ ।

निर्मला पन्त खानेपानी मन्त्री बिना मगर

विशेष