News

तत्काल वृद्धभत्ता नबढ्ने

तत्काल वृद्धभत्ता नबढ्ने

काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादीले चुनावी नारा बनाएको वृद्धाभत्ता तत्काल नढ्ने भएको छ ।

 

 

पुरक बजेट ल्याएर भए पनि वृद्धभत्ता ५ हजार पुर्याउने हल्ला चले पनि तत्काल त्यो सम्भावना नरहेको अर्थमन्त्री डा युवराज खतिवडाले पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिए ।

 

 

हालको नेकपाले चुनावअघि घोषणापत्रमा वृद्धभत्ता मासिक ५ हजार रुपैयाँ पुर्याउने उल्लेख गरेको थियो । तर बजेटमा त्यो व्यवस्था समेटिएको छैन । 

 

 

केही दिनअघि भारत भ्रमणमा गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुरक बजेट नै ल्याएर भए पनि वृद्धभत्ता ५ हजार पुर्याउने बताएका थिए ।

डा युवराज खतिवडा नेकपा वृद्धाभत्ता

विशेष