News

राप्ती लोकमार्ग दुईतर्फी बनाइँदै

राप्ती लोकमार्ग दुईतर्फी बनाइँदै

लमही । राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम सुरु भएको छ । रुकुम, सल्यान, रोल्पा, दाङलगायतबाट नेपालगन्ज, बुटवल, काठमाडाँैं जानलाई त्यही सडक प्रयोग हुने भएपनि सडक साँघुरो हुँदा आवतजावतमा समस्या हुने गरेको छ । 

 

पछिल्लो समय भित्रिएका ठूला गाडी आवतजावतमा समस्या भएकाले सडकलाई दुईतर्फी बनाउन लागिएको डिभिजन सडक कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले बताए । सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै चारतर्फी बनाउन लागिएको उनले बताए । 

 

दैनिक एक सयभन्दा बढी ठूला सवारी आवातजावत हुने गरेको उक्त सडक खण्ड दुईतर्फी बनाउन सुरु भएसँगै केही समय सवारी आवागनसमेत बन्द गरिएको छ । 

 

अमिलिया–तुलसीपुर सडकखण्डको दुई किलोमिटर उत्तरदेखि सात किलोमिटरसम्म दुईतर्फी सवारी चल्ने छ । केएस कन्ट्रक्सनले २०७६ पुस मसान्तसम्म पूरा गर्ने गरी दुईतर्फी सडक बनाउन १३ करोड बजेट विनियोजन गरिएको सूचना अधिकारी गौतमले बताए । 
 
 

राप्ती लोकमार्ग

विशेष